१९ असार, काठमाडौं । शुक्रबार नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ भने कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौं नयाँ बानेश्वर बस्दै आएका एक ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएकोमा उनकाे पिसिआर परीक्षण गर्दा पाेजेटिभ नतिजा आएकाे हाे ।
प्रतिक्रिया लेख्नुहोस्:-