२९ असार, काठमाडौं । सोमबार नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेतमा ४१ जना, धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२ जना, मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १/१ जना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-