३१ असार, काठमाडौं । बुधबार नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण बुधबार थप एकजनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म मृतक संख्या ३९ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-