२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

दैलो न्युज दैलो न्युज
साउन ५, २०७७ १६:२० मा प्रकाशित
१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ
ShareTweetPin

काठमान्डौ ४ श्रावण २०७७: सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने कान्छो पहिलो नेपाली हुन्, शम्भु तामाङ । सन् १९७३ मे ५ को दिन १७ वर्ष ६ महिना १५ दिनको हुँदा तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका थिए । उनको यो सफलता विश्वकै लागि नयाँ किर्तिमानी पनि थियो । किनकी तामाङको उमेरले १७ वर्ष यात्रा गर्दै थियो । उनको आरोहन विश्वकै पहिलो कान्छो आरोही बन्छ भन्ने शम्भूलाई नै थाहा थिएन । तर, उनको नाम गीनिज बुकमा पहिलो कान्छो सगरमाथा आरोहीको रुपमा स्वर्ण अक्षरले लेखियो ।

तामाङ, सन १९५५ अक्टोबर २० तारिखका दिन सिन्धुपाल्चोक जिल्ला लिसंखु ४ मा जन्मिएका थिए । तामाङको मावली काठमाडौं भएकाले मामा घरमानै बसेर शान्ति विद्यागृह लैनचौरमा अध्ययन गरिरहेका थिए । कक्षा ८ अध्ययन गर्दा गर्दै उनले इटालीयन भाषा अध्ययन गर्न छात्रवृत्ति पाएपछि १४ वर्षकै उमेरमा इटली पुगेका थिए । त्यहाँ पुग्दा उनले इटालीयनन भाषासँगै हिमालयसम्बन्धी अध्ययन गर्न समेत पाए । यसपछि उनी १९७१ मा नेपाल फर्किए । स्वदेश फर्किएपछि ८,१६३ मिटर उचाईको मकालु आरोहण गर्ने मौका मिल्यो । तर, सफल हुन नसके पनि उनको हिमाल आरोहणको पाइलाले भने पूर्ण विराम लिएन । हिमाल प्रतिको मोह र उत्साहले १९७२ मा अर्जेन्टिनाका नागरिकसँग सगरमाथा आरोहण समूहमा उनी सहभागी भए । सो वर्ष सफल नभएपनि शम्भूले मे ५, १९७३ मा सफल सगरमाथा आरोहण गरेँ । तामाङको यही सफलता विश्वका लागि नयाँ किर्तिमानि बन्यो । उनको सफलताको खबर पहिलो पटक भारतको अल इण्डिया रेडियोले प्रशारण गरेको थियो । यसपछि मात्रै नेपालको गोर्खापत्रले उनको सगरमाथा आरोहणको समाचार प्रकाशरण गरेको थियो । अन्तर्राष्ट्रय सञ्चार माध्यको लागि पनि शम्भू तामाङ प्रमुख समाचार र हेडलाइन बनेको थियो । यसपछि कान्छो आरोही शम्भू तामाङलाई विश्व किर्तिमानी आरोहीको रुपमा सामान्य ज्ञानका पुस्तकहरुमा पढ्न पाइन्थ्यो ।

उनले आरोहण गरेको २९ वर्षपछि मात्रै अर्का आरोही तेम्बाछिरीले १६ वर्षको उमरेमा सगरमाथा आरोहण गरेर तामाङको रेकर्ड तोडिएको थियो । रेकर्ड तोडिनु प्रकृतिको सामान्य नियम हो । यद्यपी शम्भू तामाङ सगरमाथाको शिखरमा सबैभन्दा सानो उमेरमा पुगेर विश्व रेकर्ड राख्ने पहिलो व्यक्ति हुन भन्ने तथ्य न कहिलै तोडिने छ न कहिलै मेटिने छ । यो स्वर्ण अक्षर सधैका लागि प्रथम इतिहास हुने छ । यो अमर पाइला प्रतिको सम्मान र इतिहासको संरक्षण गर्ने सन्दर्भमा भने राज्य चुकेको छ ।

शम्भू तामाङ एक वरिष्ठ पर्यटन व्यवसायी, दक्ष आरोही, आरोहण प्रशिक्षक एवम हिमालय पर्यटनको प्रेरणादायी स्तम्भ हो । तामाङ पर्वतारोहणसँग सम्बन्धित अल्पाइन क्लवका जन्मदतामध्ये एक हुन् । सगरमाथाको सफल आरोहण पश्चात उनले नृत्यमान सिंहको साथमा परराष्ट्र मन्त्रालयका अमेरिका युरोप डेस्कका प्रमुख यादवकान्त शिलवाल (पछि सार्क महासचिव भएका) लाई भेटेर हिमाल आरोहण सम्बन्धी संस्थाको प्रस्ताव गरेका थिए । यसपछि राजपरिवारका सदस्य कुमार खड्का विक्रम शाहसँग समन्वय गरेर १९७३ नै नेपाल पर्वतारोहण संघ स्थापना गर्ने एक साक्षी इतिहास बने ।

पर्वतारोहणकै क्रममा उनले स्न १९८५ मा तिब्बतबाट पुनः सगरमाथाको सफल आरोहण गरेका थिए । अगष्ट २८ मा उनीहरुको टिमले सफलतापूवर्क आरोहण गरे । आरोहण पछि उनले सन् १९८८ मा चीन जापान नेपाल चमोलङमा सगरमाथा मैत्री अभिायानमा उनी दक्षिण तर्फको उप नेता भएका थिए । सन् २००३ मा सगरमाथा आरोहणको स्वर्ण महोत्सवको अवसरमा हुलाक विभागले उनको नाममा स्मारक खाम समेत जारी गरेको थियो ।

तामाङलाई तत्तकालिन स्व राजा विरेन्द्र शाहले गोर्खा दक्षिण वाहु प्रथमको उपाधिले समेत विभूषित गरेका थिए । उनको जीवनको यो अर्को ऐतिहासिक पाटो हो । उनले हिमालमा गरेका नयाँ नयाँ किर्तिमानीको उच्च कदर गर्दै मित्रराष्ट्र चीन, इटली, जापान युरोप लगाएतका विभिन्न देशले विभिन्न उपाधि सहित स सम्मान गरेकाछन् । उनी भन्छन,‘ मैले उपाधि र सम्मानका लागि हिमाल आरोहण गरेको थिइन ।’ अब यो सम्मान पत्र र अवार्डहरु अन्तर्राष्ट्रि«य पर्वतारोहण संग्रहालयमा बुझाउने छ ।’

Tourism online tv सगको अन्तर्वार्ता

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us