७ साउन, काठमाडौं । बुधबार नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्मको कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएका छन् ।
बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-