९ साउन, काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-