१४ साउन, काठमाडौं । बुधबार नेपालमा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
बुधबार कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्ममा कोरोनाबाट ५१ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । आजमात्र १४६ जना डिस्चार्ज भएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-