१७ साउन, काठमाडौ । शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
कोरोनाका कारण ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-