२३ साउन, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १०२ सहित थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
शुक्रबार ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किएका छन् । त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-