२४ साउन, काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ६२ सहित थप ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा ३७८ जनामा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
कोरोनाबाट हालसम्म ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-