२५ साउन, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ९२ सहित थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन्र । हालसम्म कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-