२७ साउन, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा १३४ सहित थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा थप ६३८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।
मंगलबार कोरोना निको भइ १ सय ७१ जना घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-