२९ साउन, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा १२७ सहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा थप ५२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-