२ भदौ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा २०५ सहित एकैपटक थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-