४ साउन, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा २०० सहित थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको हो । यससँगै हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-