११ भदौ, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ३७७ सहित थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
विगत २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन्
प्रतिक्रिया लेख्नुहोस्:-