१५ भदौ, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा २९८ सहित थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
विगत २४ घण्टामा ५ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । यीसहित २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । सोमबार सम्ममा मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-