१७ भदौ, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ३८८ सहित थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२० महिला र ८०० पुरुष गरि थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्युु हुनेको संख्या २५१ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-