२० भदौ, काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ४०८ सहित थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ हजार ५७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ । यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-