२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सेन्ट्रल गार्डेनद्वारा एक लाख ८२ हजार बराबरको सचेतना सामग्री वितरण

दैलो न्युज दैलो न्युज
भदौ २१, २०७७ १४:२८ मा प्रकाशित
सेन्ट्रल गार्डेनद्वारा एक लाख ८२ हजार बराबरको सचेतना सामग्री वितरण
ShareTweetPin

२१ भदौ, पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको सप्ताहव्यापी स्वास्थ्य सचेतना, मास्क तथा स्यानिटाइजर वितरण समारोह आइतवार समापन भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले विषम परिस्थितिमा जनतामा सचेतना जगाउन दैलोदैलोमा पुगेर सेन्ट्रल गार्डेनले गरेको सचेतनाको जति प्रशंसा गरे पनि कम हुने बताए । उनले विभिन्न सामाजिक संघसंस्थाका यस्तै गतिविधिले स्थानीय सरकारलाई विपत् व्यवस्थापनमा राहत पुग्दै आएको धारणा राखे ।
अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले क्लबको सातदिने सचेतनामा छ दिनदेखि सहकार्यमा रही सर्वसाधारणमा व्याप्त कोरोनाको भ्रम चिर्न सचेतना सफल भएको जिकिर गरे । अतिथि देवकोटाले आगामी दिनमा पनि क्लबका उद्देश्य मिल्ने कार्यक्रमसँग सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।
जोन ९७ का जोन चियर पर्सन विशाल सुवेदीले सेन्ट्रल गार्डेनले विषम परिस्थितिमा विशाल र स्तुत्य कार्य गरेर क्लबको गरिमा उचो बनाएको बताए ।
क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले देशमा आइलागेका तमाम विपत् न्यूनिकरणमा लायन्स क्लबले खेल्दै आएको भूमिकालाई थप उचाइमा पुर्याउन इटा थप्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।
क्लबका पूर्व अध्यक्ष कृष्णबहादुर रानाभाटले समुदायस्तरमा कोरोना फैलिएपछि सर्वसाधारण त्रसित भएकाले थोरबहुत सचेतना जगाउन जोखिम मोलेरै लक्षित वर्गको दैलोदैलोमा पुगेको धारणा राखे ।
क्लबले सर्वसाधारणलाई कोरोनाबारे सचेतना गराई रोकथाममा टेवा पुर्याउने उद्देश्यका साथ भाद्र १५ गतेदेखि पोखराका सात सार्वजनिक स्थलमा सचेतना कार्यक्रम आयोजना गरेको थियो । मानवअधिकार चोकबाट शुरु भएको कार्यक्रम नगरपालिका चोक, सभागृह चोक, पृथ्वीनारायण क्याम्पस चोक, बिरौटा चोक, बसपार्क र प्रस्याङ चोकमा पुगी आइतवार समापन गरिएको हो ।
क्लबले सप्ताहव्यापी सचेतनामा थोकमूल्यमा एक लाख ८२ हजार बराबरको सचेतना सामग्री विपन्न र सीमान्तकृत वर्गलाई वितरण गरेको फाइनान्सियल डाइरेक्टर प्रमोद रानाभाटले जानकारी दिए ।
सचेतनाका लागि क्लबबाट ५० हजार विनियोजन गरिएकोमा सर्वसाधारणको भिड बढ्न थालेपछि क्लब पदाधिकारीले स्वेच्छिक सहयोगसमेत गरी सचेतना सफल पारेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्षबाट ११ हजार २ सय ५२ रुपैयाँ र प्रथम उपाध्यक्ष सुब्बा घिमिरेबाट १० हजार तीन सय बराबरको मास्क तथा स्यानिटाइजर, सचिव ई. सुुजित बिजुक्छेबाट दुई हजार एक सय ७०, डाइरेक्टर तुलबहादुर रानाभाटबाट ५ हजार र वर्तमान अध्यक्ष असफल गौतमबाट २३ हजार तीन सय २७ सहयोग प्राप्त भएको कोषाध्यक्ष दुर्गा सुवेदी बताउँछन् ।
सचेतना कार्यक्रममा दोस्रो दिनबाट सहकार्य गरेको नेलम्बो नेपालले कार्यक्रममा ७२ हजार ५ सय मूल्य बराबरको ५ हजार थान मास्क, १५ लिटर स्यानिटाइजर र ७ हजार थान सचेतना सामग्री हस्तान्तरण गरेको थियो । सचेतनाको चौथो दिन डागर स्मृति प्रतिष्ठानले एक हजार थान मास्क सहयोग गरेको क्लबका प्रथम उपाध्यक्ष सुब्बा घिमिरेले जानकारी दिए ।
क्लबको सात दिने सचेतनामा १४ हजार नौ सय थान सर्जिकल मास्क, ७५ लिटर स्यानिटाइजर, ७ हजार थान सचेतना बु्रसर वितरण गरिएकोमा उक्त सचेतनाबाट १० हजार दुई सय ६७ प्रत्यक्ष लाभान्वित भएको क्लबले जनाएको छ ।
समापन समारोहमा वडा नं. ५ का जनप्रतिनिधि अञ्जु केसी, हरिमाया विश्वकर्मा, नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले सचेतनाको सफलताको कामना गरेका थिए । क्लब अध्यक्ष असफल गौतमले सात दिने सचेतनालाई सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us