२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तामाङ संस्थाहरुबाट लिदी पहिरो पीडितलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग गर्दै

दैलो न्युज दैलो न्युज
भदौ २५, २०७७ १४:०८ मा प्रकाशित
तामाङ संस्थाहरुबाट लिदी पहिरो पीडितलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग गर्दै
ShareTweetPin

काठमाडौं, २५ भदौ २०७७: गत साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गएको पहिरो पीडितलाई हाल सम्मकै धेरै सहयोग पाउने भएको छ ।

विदेश स्थित तामाङ संघ÷संस्थाका प्रतिनिधिहरुले आज नेपाल तामाङ घेदुङको सङ्घीय सभाहल चुच्चेपाटी, बौद्धमा एक कार्यक्रमको आयोजना गरी विदेशमा संकलित एकमुष्ट रकम रु. २२,१२,४९५/– पीडित परिवार समक्ष पु¥याई वितरण गर्न नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङलाई हस्तान्तरण गरेका छन् । यो रकम अन्य संस्थाले वितरण गरेकोमध्ये आजसम्मकै सबैभन्दा ठूलो रकम हो ।

सहयोग रकम उपलब्ध गराउनेहरुमा तामाङ समाज बेल्जियम रु. ४,००,०००/–, तामाङ समाज जापान रु. ३,७०,०००/–, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान रु. ३,३२,०००/–, तामाङ घेदुङ हङकङ रु. ३,०८,०००/–, तामाङ घेदुङ यु.के. रु. २,०१,०००/–, नेपाल तामाङ घेदुङ बहराईन रु. १,५२,०००/–, नेपाल तामाङ घेदुङ कतार रु. १,२०,३८४/–, नेपाल तामाङ घेदुङ साइप्रस रु. १,१५,०००/–, मकाउ तामाङ घेदुङ एसोसियसन रु. १,१०,०००/– र नेपाल तामाङ घेदुङ मलेसिया रु. १,०४,०००/– रहेका छन् ।

पहिरो गए लगत्तै गाँस र बासको समस्याले पीडित परिवार छटपटाइरहेको बेला साउन ३२ गते नै नेपाल तामाङ घेदुङ इजरायलले सङ्घीय कार्यालयसँग समन्वय गरी १,२६,०००/– रकम सहयोग उपलब्ध गराएको थियो । उक्त रकम घेदुङको जिल्ला अध्यक्ष रेशम स्याङ्बोले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सोही दिन हस्तान्तरण गरिसकेका छन् । सहयोग रकम उपलब्ध गराउने संस्थाका अध्यक्षहरुले घेदुङलाई एक सन्देश पठाउँदै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै पीडित परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ ।

घेदुङमार्फत सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा तामाङ समाज जापानबाट पूर्व उपाध्यक्ष पुजन लामा, तामाङ समाज जापान कित्ताकान्तोका पूर्व सदस्य रविन तामाङ, तामाङ संघ दक्षिण कोरियाबाट तामाङ समाज ख्यङसाङ बुसानका नि. अध्यक्ष विश्वास ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाईबा, घेदुङका सङ्घीय सदस्य तथा साइप्रस घेदुङको समेत प्रतिनिधित्व गर्नुहुने सरोजमोहन तामाङ, पूर्व सांसद दावा तामाङ लगायत घेदुङको पदाधिकारी र सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

सहयोगी संस्थाका प्रतिनिधिहरुले संक्षिप्त मन्त्ब्य राख्ने क्रममा घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै लिदी पहिरो पीडितहरुको घाउँमा थोरै भएपनि मलम लगाउन सकौ भनेर आफ्नो गाँस काटेर राहत संकलन गरिएको बताएका छन् ।

घेदुङले पहिरो पीडितहरु हाल बसोबास गरिरहेको स्थान सिन्धुपाल्चोक, बासखर्कमा पुगेर भदौ २६ गते स्थानीय जनप्रतिनिधिको रोहवरमा उक्त रकम हस्तान्तरण गर्न लागेको घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले बताए । गोलेले यो विपत्तीको घडीमा नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्को आग्रहलाई स्वीकार गरी पीडितलाई यति धेरै रकम सहयोग पु¥याउनु हुने सबै तामाङ संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । यसैगरी परिषद्को बरिष्ठ उपाध्यक्ष टासी लामाले पनि विपत्तीमा सहयोग पु¥याउने सबै तामाङ संस्थाहरुलाई धन्यवाद ब्यक्त गरेको छ ।

गत साउन ३० गते शुक्रबार बिहान गएको पहिरोमा परी लिदी गाउँका ३९ जना बेपत्ता भएकोमा ३३ जनाको शब फेला पारी सद्गत गरिएको र बाँकी ६ जनाको शब फेला नपरेको घेदुङका जिल्ला अध्यक्ष रेशम स्याङ्बोले बताए । उहाँका अनुसार पहिरोबाट २८ घर पूर्ण रुपमा क्षतिग्रस्त समेत १५६ तामाङ परिवार विस्थापित भएका छन् । पहिरो पीडित १५६ घरपरिवारमध्ये मानवीय क्षति भएको प्रति परिवारलाई रु. ६०,०००/–, घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रति परिवारलाई रु. २५,०००/– र विस्थापित प्रति परिवारलाई रु. ११,५००/– को दरले राहत रकम वितरण गर्न लागिएको जिल्ला अध्यक्ष तामाङले बताए । उहाँले जिल्ला अध्यक्षको पहलमा जिल्ला घेदुङले रु. ४,००,०००/– बराबर राहत रकम संकलन गरेको र सो समेत वितरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

यसैगरी नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने पूर्व संविधानसभा सदस्य दावा तामाङले सहयोगी सबै तामाङ संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उहाँले पीडित परिवारलाई पुनस्र्थापित गर्न आफ्नो तर्फबाट सरकार र अन्य संघ/संस्थाहरुलाई पनि आग्रह गरिरहेको बताए । बर्षौदेखि पहिरो नगएको सुरक्षित वस्तीमा यति धेरै जनधनको क्षति हुने गरी पहिरो जानुमा गाउँदेखि तल रहेको राक्पालगान्धी (ब्रम्हायणी) नदीमा सञ्चालित हाइड्रोपावरको प्रकृति विरोधी गतिविधि र २०७२ सालमा गएको भुकम्प मुख्य कारण रहेको पीडितहरुले बताए । पहिरो पीडितहरुले यस अघि नै आफूहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेपनि कुनै सुनुवाई नहुँदा यसखालको दुर्घटना हुनपुगेको गुनासो गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us