१ असोज, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । त्यस्तै ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-