३ असोज, काठमाडौ । शनिबार काठमाडौं उपत्यकामा ७११ सहित थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा थप १२०४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएका छन् । यससँगै ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-