१२ असोज, काठमाडौं ।उपत्यकामा ८१७ सहित थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै सोमबार थप ४ जनाको मृत्यु भएको छ । हालसम्म ४८१ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-