१३ असोज, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ९३४ सहित थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा थप १५१३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्मको कुल संक्रमित संख्या ७६ हजार २५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै मंगलबार सम्ममा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-