१७ असोज, काठमाडौं । शनिबार उपत्यकामा ११७७ सहित थप २१२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ५२८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-