२१ असोज, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १६८४ सहित देशभर थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै बुधबार १५ जना मृतकमा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोनाबाट ५७८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-