२५ असोज, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा १४१६ सहित थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै विगत २४ घण्टामा २२ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म कोरोनाबाट ६३६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-