४ कात्तिक, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा १७०२ सहित थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार १०८ जना कोरोनामुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । त्यस्तै मंगलबार थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ
प्रतिक्रिया लेख्नुहोस्:-