२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव रहेको निष्कर्ष

६ वटा कम्युनिस्ट पार्टीका नेताहरुले बैज्ञानिक समाजवादलाई मुख्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव हुने

दैलो न्युज दैलो न्युज
अशोज १३, २०७८ १५:४१ मा प्रकाशित
नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव रहेको निष्कर्ष
ShareTweetPin

पोखरा । ६ वटा कम्युनिस्ट पार्टीका नेताहरुले बैज्ञानिक समाजवादलाई मुख्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालले पोखरामा विहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन कम्युनिस्ट आन्दोलनलाई केन्द्रीत गरौं, स्वतः विकरणको वातावरण बन्नेछ ।’ एमालेका नेता खगराज अघिकारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि अधिकारी ‘कुमार’ नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाध बराल,जनमोर्चा नेपालका प्रदेश अध्यक्ष शंकर बराल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी र नेकपा माओवादीका प्रवक्ता कृष्णप्रसाद जैसीले एकै स्वरमा उक्त विचार व्यक्त गरे ।

नेपालका कम्युनिस्ट पार्टीहरुको आन्तरिक जीवन, पार्टी पद्धति, कार्यशैली र विधि कम्युनिस्ट अनुरुप हुन नसकेको सबै नेताहरुले स्वीकार पनि गरे ।नेपालका कम्युनिस्ट पार्टीहरुभित्र कम्युनिस्ट आचरण व्यवहार नभएकोले आफूहरु जहाँ-जहाँ जुनपार्टीमा रहेपनि त्यहाँबाट सकारात्मक पहल गर्दै बैज्ञानिक समाजवाद मूख्य एजेण्डा बनाएर लाग्ने हो भने ध्रुविकरण संनिकट रहेको उनीहरुको धारणा थियो ।
तर संसदीय व्यवस्थाको विकल्पमा जाने विषयमा भने नेताहरुका मत बाझिए ।माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादीका नेताहरुले अहिलेको व्यवस्था परम्परागत संसदीय व्यवस्था नभई सुधारिएको संसदीय व्यवस्था भएको र यसलाई भुरपुर प्रयोग गर्दै समाजवादी व्यवस्थातिर रुपान्तरण गर्न सकिने बताए ।

क्रान्तिकारी माओवादी, नेकपा माओवादी र जनमोर्चा नेपालका नेताहरु भने संसदीय व्यवस्थाको विकल्पमा जानुपर्ने मत राखे ।गणतन्त्र स्थापनापछि हामी समाजवादी व्यवस्थाका जानका लागि राजनीतिक रुपमा वातावरण बनेको छ, आर्थिक र सामाजिक क्रान्तिको कार्यभार पुरा गरेपछि समाजवादको अर्को चरणमा प्रवेश गरिन्छ,’ एमालेका नेता खगराज अधिकारीले भने । तर क्रान्तिकारी माओवादी र नेकपा माओवादीका नेताद्धय नारायण अधिकारी र कृष्णप्रसाद जैसीले भने त्यसको ठाडै प्रतिवाद गरे । उनीहरुले भने, ‘कम्युनिस्टहरुलाई विभाजन गर्ने, कम्युनिस्ट आचरणबाट च्युत गर्ने र कम्युनिस्टहरुलाई अवसरवादी बनाउने नै संसदवाद हो, त्यसको विकल्पमा जाने हो भने समादवादी व्यवस्थाका लागि कम्युनिस्ट आन्दोलन नयाँ आधारमा खडा हुन्छ ।’ बैज्ञानिक समाजवादमा जाने हो भने संसदवादलाई त्याग्नसक्नुपर्ने  नेताद्धयको धारणा थियो ।

एमाले नेता अधिकारीले अहिलेसम्म कम्युनिस्टहरुले वर्गीय विश्लेषण नगरेकाले कम्युनिस्ट आन्दोलन अलमलमा परेको तर्क दिए । ‘पुष्पलालले चिनियाँ कम्युनिस्ट आन्दोलनलाई बुझेर वर्ग विश्लेषण गर्नुभयो, वास्तवमा नेपाली समाजको वर्ग विश्लेषण अहिलेसम्म भएकै छैन ।’ नयाँ समाज विकासका आधारमा वर्ग विश्लेषण गरौं, समाजवादका लागि सडकमा जाऔं, त्यही सडकमै ध्रुविकरणसहित एकता पनि हुन्छ,’ नेता खगराजको दावी थियो ।माओवादी केन्द्रका नेता कुमारले भने, ‘प्रचण्ड र मदन भण्डारी नेतृत्वमा भएको आन्दोलनको प्रतिफल नै अहिलेको गणतन्त्र हो, मूख्यतः जनयुद्धको धक्काले निरंकुशतन्त्र पछारियो, ०६२/६३ को जनक्रान्तिले संस्थागत गर्‍यो
। अहिले नेपालमा दुई खाले प्रवृति बोकेका कम्युनिस्ट पार्टीहरु भएको र क्रान्तिकारी विचारले जित्नेवित्तिकै कम्युनिस्ट आन्दोलनका लागि
ध्र्रविकरणको आधार तयार हुने उनको दावी थियो ।

एकीकृत समाजवादीका नेता बरालले सबै कम्युनिस्ट पार्टीका थोरबहुत कमीकमजोरी रहेकाले त्यसलाई सुधार्ने आँट गर्दै साँच्चिकै कम्युनिस्ट आन्दोलन उठाउँने इच्छाशक्ति देखाउने हो भने अहिले पनि उपय्ुक्त अवसर छ भने । ‘सबै पार्टीभित्रका राम्रा पक्ष लिँदै क्रान्तिकारी पार्टी निर्माणमा हाम्रो पुस्ताले भूमिका खेल्नुपर्छ, बरालको भनाई थियो । क्रान्तिकारी माओवादीका नेता अधिकारीले प्रश्न गरे, ‘अहिले यथास्थितिवादी धार शक्तिशाली छ, त्यसलाई सिध्याएर मात्र क्रान्तिकारी पार्टी बलियो हुन्छ, ध्रुविकरणका लागि हामीहरु यथास्थितिवादीसँग लड्ने साहस गर्ने कि नगर्ने ? नेकपा माओवादीका प्रवक्ता जैसीले नयाँ आधारमा कम्युनिस्ट आन्दोलन निर्माणका लागि हतियार, सेना र जनसत्ता बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले संगठनको अभियानबारे स्पष्ट पार्दै भने, संगठनको उद्देश्य भनेकै नयाँ आधार निर्माणसहित बैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिस्ट ध्रुविकरण अहिलेको मूख्य आवश्यकता हो, त्यसका लागि वातावरण बनाउने अभियान हामीले देशव्यापी थालिरहेका छौं । कार्यक्रमको सञ्चालन
संगठनका सचिवालय सदस्य धनञ्जय बुढाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us