माघ २० – कहिलेकाहीँ खानपानमा गडबडी भएर अचानक पेट फुलेर आउँछ। पेट फुल्दा मानिसलाई साह्रै असहज हुन्छ। अपचले गर्दा पेट फुल्छ र केही खानेकुरा खान समेत मन लाग्दैन। यस्तो बेला के–के खाने के नखाने भन्ने चिन्ताले पिरोल्छ।
पेट फुलेको बेला बन्दागोभी र फुलगोभी खानु हुँदैन। यसमा कार्बोहाइड्रेट बढी हुन्छ र पेटमा ग्याँस पैदा गर्छ। तर, काँक्रो खानुहोस्। काँक्रोमा अत्यधिक मात्रामा फाइबर हुन्छ, फाइबरले पेट फुल्ने समस्या हटाउँछ।
लसुन नखाने किनकि यसमा ग्यास उत्पादन गर्ने ब्याक्टेरिया हुन्छ। तर, अदुवमा पेट नपोल्ने र एन्टी एमेटिक तत्व हुनाले खाँदा राम्रो।
यस्तै, प्याजमा पनि ग्याँस बढाउने तत्व हुन्छ। प्याज खाएपछि पेट फुल्छ। तर, पुदिना र धनियाँले पेटलाई हलुका बनाउँछ।
पेट फुल्दा गहुँको रोटी खानु हुँदैन। किनकि यसमा प्रशस्त कार्बोहाइड्रेड हुने भएकाले पेटमा ग्याँस बढ्छ। यसको सट्टा ओट मिल खानुपर्छ।
सफ्ट ड्रिङ्क खानु हुँदैन। यसमा हुने एसिडको मात्राले पेटलाई थप असर गर्छ। एसिडिटीले पेट फुलाउँछ। तर, फलफूलको जुस खानु उपयोगी हुन्छ। ताजा फलफूलको रसले पेटलाई हुलका बनाउँछ।
स्वास्थ्य खबर पत्रिका
प्रतिक्रिया लेख्नुहोस्:-