नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ ।
सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् । स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् । विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ ।
बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-