२०७९ साउन २७, शुक्रबार
August 12, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

‘प्रचण्डलाई कुनै पनि बेला अप्ठेरोमा पार्न सक्छौँ’ : ओली

दैलो न्युज दैलो न्युज
माघ २२, २०७३ ११:२४ मा प्रकाशित
‘प्रचण्डलाई कुनै पनि बेला अप्ठेरोमा पार्न सक्छौँ’ : ओली
ShareTweetPin

विराटनगर, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चुनाव नगराए सरकार ढाल्ने चेतावनी दिनु भएको छ ।

प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको सन्दर्भमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको जस्तो सहज वातावरणमा पनि निर्वाचन नगराए एमाले चुप लागेर नबस्ने बताउनु भयो ।

प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे एमालेले कुनैपनि बेला प्रचण्ड नेतृत्वको सरकारलाई अप्ठेरोमा पार्न सक्ने चेतावनी दिनुभएको हो । २०७४ माघ सम्ममा चुनाव गराउन नसके देशमा ठूलो संकट आउने भन्दै उहाँले यस्तै अबस्था रहे एमाले चुप लागेर नबस्ने बताउनुभयो । ‘सरकार चुनावमा नगएर संवैधानिक र राजनीतिक संकट सिर्जना गराउन खोज्दैछ’ ओलीले भन्नुभयो, ‘एमालेले त्यो अवस्था आउनुभन्दा अगावै संकटबाट बच्ने उपाय गराएर छाड्छौं ।’

नेकपा एमाले कुनै पनि कुराको इच्छामात्रै गरेर बस्ने पार्टी नभएको भन्दै एमाले गरेर देखाउने पार्टी भएकोले यस्तै अबस्थामा चुप लागेर नबस्ने र केही गरेर देखाउने उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले प्रचण्ड प्रधानमन्त्रीमा छानिएको ६ महिना ४ दिन बितिसक्दा पनि केही काम नगरेको आरोप लगाउनुभयो । प्रचण्ड नेतृत्वको सरकारले एमाले काँही भेटिन्छ कि र हटाउन सकिन्छ कि भनेर खोज्दै आफ्ना कार्यकर्ता नियुक्ति गर्ने बाहेक कुनै उपलव्धीको काम गर्न नसकेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो ।

पत्रकारिताको धर्म र मर्म अहिलेको आवश्यकता रहेको औल्याउँदै ओलीले अहिलेको अवस्थामा चुनावको माहोल तयार हुने खालका समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । प्रचण्ड नेतृत्वको सरकारले गरेका निर्णयहरुलाई समर्थनमा समाचार लेख्नेहरुलाई ‘भाडाका पत्रकार’को आरोप लगाउँदै चुनावको माहौल तयार गर्न र सरकारलाई दबाव सिर्जना गर्न पत्रकारहरुहरुलाई सुझाव दिनुभयो ।

‘सरकारले गर्नुपर्ने काम कर्तव्यका बारेमा पत्रकारले कलम चलाउनुपर्छ, तर केही भाडाका पत्रकारहरुले देश र जनताको हितभन्दा पनि सरकारको हित अनुकुल कलम चलाउने गरेका छन्’ ओलीले असन्तुष्टी जनाउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us