म्याड्रिड(एजेन्सी): रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वका सबै भन्दा महंगा खेलाडी भएका छन्। फोर्सले सार्वजनिक गरेको रिपोर्टमा रोनाल्डोले आफ्नो चिरपरिचित प्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेसीलाई मात्र होइन, अन्य खेलका खेलाडीलाई पनि उछिन्दैँ महंगा खेलाडी बनेका हुन् ।
बक्सर फ्लोड मेवेदरले खेलबाट अवकाश लिएको र गल्फर टाइगर उड चोटका कारण खराब प्रदर्शनबाट गुज्रिरहेको अवस्थामा रोनाल्डोले सबैलाई पछि पारेका हुन्।
रोनाल्डोले रियल म्याड्रिडबाट ८ करोड ८० लाख अमेरिकी डलर पारिश्रमिक लिने गर्छन्। प्रायोजनबाट उनको थप कमाइँ पनि छ। रोनाल्डोको तुलनामा बार्सिलोनाले मेसीलाई ८ करोड १४ लाख पारिश्रमिक दिने गरेको छ।
सन् १९९० यता पैसा कमाउने मामिलामा रोनाल्डोले माइकल जोर्डनलाई पनि उछिनेका छन्। ३१ वर्षीय स्ट्राइकरको केही महिनाअघि मात्र म्याड्रिडले २०२१ सम्म अनुबन्ध सम्झौता लम्ब्याएको थियो। नयाँ अनुबन्धपछि उनले कमाइँको मामिलामा सबैलाई उछिनेका हुन्।
रोनाल्डोपछि मेसी दोस्रो नम्बरमा छन्। मेसीका सहपाठी ब्राजिलका नेइमार २३ औ स्थानमा छन् l
प्रतिक्रिया लेख्नुहोस्:-