माघ २४ – किसानहरुले जति दुःख गरेर तरकारी उत्पादन गरेपनि त्यस्को सही मूल्य नपाउँदा उनीहरु निराश बन्न थालेका छन् । काठमाडौं भित्रने अधिकांश तरकारीको भाऊ महंगो हुनुमा विचौलियाहरुको भूमिका प्रमु्ख मानिन्छ । तर रोल्पाका किसानहरुले भने बजार नपाएर तरकारी कुहाउन या कम मूल्यमा बेच्न विवश छन् ।
रोल्पाको तरकारीले भने जस्तो बजार नपाउदा किसानहरु मर्कामा परेका छन् । रोल्पाको विभिन्न क्षेत्रमा उत्पादन गरिने तरकारी भने जस्तो मुल्यमा बिक्रि नहुदा कृषक निरास बन्ने गरेका छन् । आफुले मेहेनत गरेर उत्पादन गरेको तरकारी भने जस्तो मुल्यमा बिक्रि नहुँदा र बजार अभावका कारण लागत समेत उठ्न नसक्दा निरुत्साहित हुने गरेको कृषकहरु बताउँछन् । आश कुमारी घर्तीमगर एका बिहानै डोको भरी बिभिन्न थरीका तरकारी बोकेर सदरमुकाम लिबाङ बजार धाउने गर्छिन ।
प्रतिक्रिया लेख्नुहोस्:-