माघ २४- सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन ।यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गते सार्वजनिक यातायातमा वैज्ञानिक भाडा पद्धतिअनुरुप भाडा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णय भएको एक वर्ष बित्दा पनि विभागले अनुगमन नगरेकाले कार्यान्वयन हुन नसकेको यात्रुको गुनासो छ ।
प्रतिक्रिया लेख्नुहोस्:-