काठमाडौं– नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसूचना तथा संचारमन्त्री शेरधन राईमाथि युवा संघकी एक केन्द्रीय सदस्यले गम्भीर आरोप लगाएकी छिन् । उनले राईले आफूमाथि जबरजस्ती गरेको दाबीसहित ‘नाता कायम गरीपाउँ भनी पार्टी कार्यलय धुम्बाराहीमा निवदेन दिएकी छन् ।
ती युवतीले राईले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुअघि कोठामै आएर आफूमाथि जर्वजस्ती गरेको निवेदनमा दाबी गरेकी छिन् । तर राईले भने पार्टीभित्रकै केहि गिरोहले आफ्नो व्यक्तिगत जीवन र राजनीतिक प्रतिष्ठा नै सिध्याउन प्रोपोगाण्डा रहेको बताएका छन् ।
राईले भने, ‘ एक वर्षदेखि पार्टीभित्र मेराविरुद्ध एउटा गिरोह सक्रिय छ । त्यो गिरोहले नै ति महिलालाई पूरै सेड्यूअल बनाइदिएर मेरो राजनीति र व्यक्तिगत जीवन सिध्याउन लागेका छन् । मैले यो विषयमा पार्टी अध्यक्ष र प्रहरीमा समेत जानकारी गराएको छु ।’
घटनाको समयमा युवा संघका इन्चार्ज रहेकी ति युवतीले भने त्यतिबेला राईले आफूमाथि जबरजस्ती गरेपछि गल्ती भएको र बाहिर हल्ला नगरिदिन अनुरोध गर्दै बिहेसमेत गर्ने बचन दिएको तर अहिले आएर धोकासँगै बद्नाम समेत हुन पुगेकाले पार्टी कार्यालयमा उजुरी दिनुपरेको दाबी गरेकी छिन् ।
युवतीले राईका कारण आफ्नो प्रधानमन्त्री कार्यालयबाट जागिर गएको आरोप समेत लगाएकी छन् । उनी केपी ओली प्रधानमन्त्री हुँदा बालवाटारमा जागिरे थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-