फागुन १ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरी निर्वाचनमा जानु निहु खोज्नु जस्तै भएको बताउनुभएको छ ।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता भटराईले अहिले संविधानमा रहेका त्रुटिहरुलाई परिमार्जन गरी मधेसी, थारु, आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्नु अति आवश्यक रहेको बताउनुभयो । तर संविधान संशोधन नभई चुनावमा गए फेरि द्धन्दको सृजना हुन सक्ने प्रवल सम्भावना रहेको उहाँको भनाई छ । डा.भट्टराईले शान्तिपूर्ण चुनावको एक मात्र उत्तम विकल्प संविधान संशोधन रहेको दाबी गर्नुभयो । ।
आधुनिक जनकपुर निर्मााणका लागि सात सुत्रीय माग राख्दै जनकपुर वृहत्तर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति प्रदेश नम्बर २ का सहसंयोजक कलामुदिन राइन ११ दिनदेखि जनकचोक बस्नु भएको आमरण अनशनमा समर्थन जनाउन डा. भट्टराई जनकपुर आउनुभएको थियो ।
उहाँले आमरण अनशनमा समर्थन जनाउँदै जनकपुर विकासका लागि आमरण अनशनको ११ दिन पुग्दा पनि स्थानीय प्रशासनको ध्यान नजानु भत्र्सना योग्य रहेको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-