फाल्गुन २- उच्च पहाडी जंगलमा लालीगुराँस फुल्न थालेका छन् । गुराँस फुलेर ललितपुरका दक्षिण क्षेत्रका सबै जंगल रातै भइसकेका छन् ।
गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि वैशाख हो । यसपटक भने माघमै पहाड राताम्मे हुन थालेपछि स्थानीय पनि छक्क परेका छन् । कति ठाउँमा त पुस तेस्रो सातादेखि नै गुराँस फुल्न थालेको स्थानीय बताउँछन् । ललितपुरका देवीचौर, घुसेल, इकुडोल, भट्टेडाँडा, कालेश्वर, ठुलादुर्लुङ, नल्लु भारदेउ र दलचोकीनजिकका जंगलमा गुराँस फुल्छन् । दलचोकीका ऋषि दाहालले भने, ‘पुसमै गुराँस फुलेको देखेको पहिलोपटक हो, पहिले त पुसमा चिचिला मात्रै लाग्ने गरेको थाहा थियो ।’
इकुडोलका सविन शर्माका अनुसार केही वर्षयता यो क्षेत्रमा सिजनअगावै लालीगुराँस फुल्न थालेका छन् । ‘पुसमै लालीगुराँस फुलेको भने यसपालि मात्रै देखेको हो,’ उनले भने । यसअघि पहाडै रातो हुने गरी चैत–वैशाखमा मात्रै फुलेको देखेको उनले बताए । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार लालीगुराँस सामान्यत: चैत, वैशाखमा फुल्ने हो । माघमै पहाड रातै हुने गरी गुराँस अपवाद अवस्थामा मात्रै फुल्ने उनले बताए । ‘कम उचाइका पहाडमा चाँडै गुराँस फुल्छ, बढी उचाइमा ढिलो,’ उनले भने, ‘तर १ महिनाभन्दा बढी समयान्तरमा कम र बढी उचाइका पहाडमा गुराँस फुल्नु असामान्य हो ।’
सामान्यत: १४ सय मिटर उचाइका पहाडमा गुराँस फुल्ने श्रेष्ठ बताउँछन् । सिजनअगावै गुराँस फुल्नुलाई जलवायु परिवर्तनको कारण भन्न नमिल्ने उनी बताउँछन् । ‘काठमाडौंको जलवायु परिवर्तनका कारण भने नजिकका जिल्लामा यस्तो असामान्य असर देखिएको हुन सक्छ,’ उनले भने, ‘यसलाई विश्व जलवायु परिवर्तन भनेर ठोकुवा गर्न भने मिल्दैन ।’ काठमाडौंमा हरियाली नहुनु, प्रदूषण बढनु, तापक्रम बढनुले छिमेकी जिल्लामा समयअगावै पहाड ढाकिने गरी गुराँस फुल्नुको कारण भएको श्रेष्ठको तर्क छ । काठमाडौंको तापक्रमका कारण नजिकका जिल्लाहरूमा धेरै असामान्य परिवर्तन भइरहेको उनले बताए । ‘गुराँस सबैको आकर्षण भएकाले यो मात्रै परिवर्तन भएको देखिन्छ,’ उनले भन
( कान्तिपुर दैनिक मा प्रकाशित )
प्रतिक्रिया लेख्नुहोस्:-