फागनु २ – चलचित्र ला ला ल्याण्डले पाँच विधामा बाफ्टा अवर्डा जितेको छ । लण्डनको रोयल अल्बर्ट हलमा भएको अवार्ड समारोहमा ला ला ल्याण्डले सर्वोत्कृष्ट चलचित्रसहित पाँच विधामा अवार्ड जितेको हो ।
ला ला ल्याण्डबाट एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्री तथा डेमियन च्याजलले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । ला ला ल्याण्डका रायन गोस्लिङलाई पछि पार्दै म्यानचेस्टर बाई दि सिबाट केसी अफ्लेकले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । लायनका देव पटेलले सर्वोत्कृष्ट सहअभिनेता र फेन्सिसबाट विओला डेविसले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-