महोत्तरी, फागुन ३ – महोत्तरीमा मुसहर एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रणय दिवस मनाएका छन् ।
प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् l
स्थानीय बासिन्दासँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइन डेमा श्रीमान श्रीमती नै बस्तीमा आएको उनीहरुले बताएका छन् । प्रगाढ प्रेमकै कारण सामाजिक काममा पनि मन एक भएको भन्दै उनीहरुले एकअर्का प्रतिको विश्वास भए असम्भव केही नरहेको बताए ।
यसअघिका प्रणय दिवस भन्दा अहिलेको दिवस अझै विशेष बनेको सीताराम कट्टेलले बताए । मुसहरहरुको माझमा रहेर उनीहरुको दुःख पीडालाई हटाउने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-