मुद्दति निक्षेपमा १२ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्न बाणिज्य बैंकहरूबीच नै हानथाप हुन थालेपछि त्यसको असर पुँजी बजारमा देखिएको हो । सेयर बजारलाई सबैभन्दा बढी प्रभावित पार्ने तत्व बैंक ब्याजदर नै हो । त्यसबाहेक बढ्दो सेयर आपूर्ति पनि बजार घटाउने कारण बनेको छ । आपूर्ति बढे अनुपातमा त्यसलाई थेग्न सक्ने संस्थागत संयन्त्र तयार हुन सकेको छैन । यसले बजारमा आएको आपूर्ति व्यक्तिगत लगानीकर्ताले नै धान्नुपर्ने अवस्था भएकाले पनि असर परेको हो ।
यद्दपि, छोटो समयमै नेप्सेमा ठूलो अंकको गिरावट आएकाले अब विस्तारै बजार स्थिर हुने अनुमान गरिएको छ । नेप्से १३ सय विन्दु भन्दा पनि तल आइसकेकाले अब यो तहमा क्रेता पनि आउन थालेको ब्रोकरहरूको भनाई छ । १२ सयको तहमा नेप्से अलि बलियो हुने अनुमान छ । नेप्से थोरै तल झरे पनि मंगलबार ४० करोड रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकम तुलनात्मकरूपमा राम्रो हो । १० लाख ११ हजार ६८५ कित्ता सेयर किनबेच भएको छ ।
होटेल र विकास बैंक समूहबाहेक बाँकी सबै सूचक रातो भएको छ । सबैभन्दा धेरै बिमा सूचक ९३.४९ विन्दुले तल झरेको छ । बैंकिङ सूचक १.६५ विन्दुले झरेको छ । कारोबार रकममा भने प्रभु बैंकले अग्रता लिएको छ । प्रभुको दुई करोड ७२ लाख रूपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । प्रभुपछि दोस्रो र तेस्रो स्थानमा भने क्रमशः नेपाल बंगलादेश बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-