फागुन ६ – ६४ वर्षिया एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यी महिलाले यसअघि सन् २०१२ मा पनि एक बच्चालाई जन्म दिएकी थिइन् । तर लालन पालनमा समस्या भएको भन्दै ती बच्चालाई सामाजिक संस्थाले संरक्षणमा लिएको थियो ।अहिले जन्मिएको बच्चाको बारेमा के गर्ने भन्नेबारे नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनले एक छोरा र एक छोरीको जन्म दिएकी छिन् । तर उनको नाम गोप्य राखिएको छ । यी महिलाले अस्पतालमा बच्चा जन्माएकी र अस्पताल प्रशासनले जुम्ल्याहा बच्चाको भिडियो सार्वजनिक गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-