२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

६ वर्ष को अवधिमा नेपालमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि

दैलो न्युज दैलो न्युज
फाल्गुन ६, २०७३ ०६:५७ मा प्रकाशित
६ वर्ष को अवधिमा नेपालमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि
ShareTweetPin

इसरोकार संवाददाता फागुन ६ काठमाडौं , नेपालमा महिला यौनकर्मीको संख्या विगत ६ वर्षको अन्तरालमा दोब्बरले वृद्धि भएको सरकारी अध्ययनले देखाएको छ । गत भदौदेखि मंसिरसम्म तीन महिनाको अवधिमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र विभिन्न दातृ निकायहरूले संयुक्त रूपमा गरेको अध्ययनले सन् २०१० को अनुपातमा नेपालमा महिला यौनकर्मीको संख्यामा दोब्बरले वृद्धि भएको देखाएको हो । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार महिला यौनकर्मीहरूको संख्या ५४ हजार एक सय ९७ जना रहेको छ । यो सन् २०१० को अनुपातमा २७ हजार एक सय ९७ जनाले बढी हो ।

तर, विभिन्न संघ–संस्थाले सरकारको यस्तो तथ्यांकलाई आधिकारिक मान्न नसकिने बताएका छन् । लामो समयदेखि एचआइभी-एड्स तथा यौनरोगसँग सम्बन्धित ती संस्थाहरूले सरकारले गलत तथ्यांक प्रस्तुत गरेको आरोप लगाए । लागुऔषध प्रयोगकर्ता तथा संघ–संस्थाहरूको महासंघका अध्यक्ष विष्णु फुयाँल शर्माले सरकारले कोठाभित्र बसेर अध्ययन गरेको दाबी गरे ।

‘सरकारले यस्तो अपूरो तथ्यांक दिनु भनेको लाजमर्दो विषय हो । केही तथ्यांकको अवस्था हेर्दा वास्तविकताको नजिक पुगेजस्तो देखिए पनि समग्रमा हेर्दा कोठाभित्र बसेर बनाएजस्तो छ । यसले यौनकर्मीहरूको अवस्थामा ठूलो दरार ल्याउनेछ,’ उनले भने । शर्माले अन्तिम अवस्थामा दातालाई लोभ्याउन तयारी विनातथ्यांक सार्वजनिक गरेको पनि बताए । दातृ निकायले आर्थिक कार्यक्रम पठाउने समय नजिकिएसँगै हतार हतारमा अध्ययन गरेकाले गलत तथ्यांक आएको सहभागी संघ–संस्थाका प्रतिनिधिको भनाइ छ ।

तथ्यांकमै अलमल
सरकारले सार्वजनिक गरेको सन् २०१६ को तथ्यांकमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ रहेको छ । सन् २०१० मा सरकारले नै सार्वजनिक गरेको तथ्यांकमा महिला यौनकर्मीहरूको संख्या २७ हजार थियो । तेस्रोलिंगी, पुरुष यौनकर्मी, समलिंगी पुरुष र पुरुषसँग यौन कार्यमा संलग्न हुने अन्य पुरुषहरूको संख्या जम्मा एक लाख ११ हजार आठ सय ५२ जना रहेको देखिएको छ । ‘सुईद्वारा लागुपदार्थ लिने व्यक्तिहरूको अनुमानित संख्या ३४ हजार ३ सय ७५ रहेको तथ्यांकले देखाएको छ ।

सन् २०१० मा लागुपदार्थ लिने व्यक्तिहरूको संख्या ५४ हजार थियो,’ शर्माले भने । उनले सार्वजनिक सरकारी तथ्यांक कुनै कोणबाट सत्यतथ्य नभएको बताए । हाल एड्स रोगी उपचारमा कति छन् भनेर सरकारले कुनै तथ्यांक दिन नसक्नु ठूलो कमजोरी भएको स्पष्ट पारे । सरकारले ४४ जिल्लाको अध्ययन गरी तथ्यांक सार्वजनिक गरेको हो । बाँकी ३१ जिल्लाको अवस्थाबारे प्रक्षेपणका आधारमा संख्या राखिएको छ ।

कमजोरी भयो : पौडेल
६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्यामा दोब्बरले वृद्धि हुनु आश्चर्यको विषय भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए । तथ्यांकमा धेरै भिन्नता आएकाले पुनः अध्ययन गरिने उनले जानकारी दिए । ‘हामी यसलाई थप छलफल र अध्ययन गर्नेछौँ,’ पौडेलले भने, ‘यो तथ्यांकमा केही कमी देखिएको छ, यसलाई सुधार गर्नेछौँ ।’ यौनकर्मीहरूको संख्या वृद्धि हुँदै जाँदा एचआइभी-एड्स लाग्ने सम्भावना पनि त्यतिकै हुने उनको भनाइ छ ।

गलत तथ्यांक आएको भनेर सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रममा आवाज उठाएपछि पौडेलले केही तथ्यांक तलमाथि परेको र केही अध्ययनमै कमजोरी भएको स्वीकार गरे । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले अध्ययनबाट आएको तथ्यांकको आधारमा नयाँ कार्यक्रम बनाउने बताए ।

नया पत्रिका बाट साभार

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us