इसरोकार संवाददाता काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरु गर्ने भएको छ । फागुन १४ मा गर्ने भनिएको चुनाव सहमति पछि फागुन १८ गते सारिएको छ ।
त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीचको छलफलपछि चुनाव १८ फागुनका लागि सारिएको हो । मिति सरेपछि विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी र समाजबादी बिद्द्यार्थी फोरम नेपाल पनि चुनावमा सहभागी हुने भएको छ ।
त्रिविका विद्यार्थी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले शुक्रबार बस्ने कार्यकारी परिषद्को बैठकले १८ गते चुनाव गर्ने निर्णय औपचारी रुपमा गर्ने जानकारी दिए । उनले प्रक्रिया पनि आजैदेखि सुरु गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-