इसरोकार संवाददाता फागुन २६ काठमाडौं, गत फागुन २३ गते सप्तरीको राजविराजमा भएको घटनाको विरोध गर्दै संघीय गठबन्धन र मधेशी मोर्चाले आज काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शन सहित जुलुस निकालेका छन् l
बिरोध र्याली दिउसो १२ बजे भृकुटीमण्डप बाट सुरु भै भद्रकाली हुदै थापाथली को माइतीघर मण्डलामा पुगेर कोण सभामा परिणत भएका थिए l विरोध सभामा संघिय समाजवादि फोरम नेपालका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव सहितका शिर्षस्थ नेताहरुको उपस्थित रहेका थिए l
सप्तरी घटना एमाले का मेचीमहाकाली अभियानका कारण भएको थियो l घटनामा प्रहरीको गोलि लागि ४ जना मधेशी समुदायको ज्यान गएका थिए भने ७० भन्दा बढी घाइते भएका थिए l
प्रतिक्रिया लेख्नुहोस्:-