इसरोकार संवाददाता फागुन २७ काठमाडौं, राजविराज घटनाको विरोधमा संघीय गठबन्धन सहितको मधेसी मोर्चाले आहृवान गरेको नेपाल बन्दको क्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्वर कान्गमांग राई सहित दर्जनौ प्रदर्शनकारीलाई प्रहरीले बिभिन्न स्थान बाट नियन्त्रणमा लिएका छन् ।
आज बिहान ललितपुरको पुल्चोकमा भएको झडपमा संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङमाङ, केन्द्रीय सदस्यहरु शाक्य सुरेन्, पूर्णबहादुर बस्नेत र बिष्णुजङ बस्नेत र ललितपुर जिल्ला अध्यक्ष कृष्णभक्त डङ्गोल, नेवा प्रदेश समिति सचिब चन्द्र महर्जन, ललितपुर उपध्यक्ष मगरात किरण लगायत दर्जनौ प्रदर्शनकारी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी परिसर जावलाखेलमा राखेको अजम्बर राई काङमाङ्ले बताएको छ ।
काठमाडौंबाट ५८ जनालाई बिहानै प्रहरीले नियन्त्रणमा लिइए छ । बन्दका क्रममा ललितपुरमा अवरोध र्पुयाउने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लतिलपुरको सातदोबाटो र पुल्चोकबाट ती वन्दकर्तालाई नियन्त्रणमा लिइएको हो । यस्तै भक्तपुरको ठिमीबाट ९ जना र काठमाडौंका विभिन्न स्थानबाट १४ जना नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । काठमाडौंका सडकमा नियमित भन्दा केही कम सार्वजनिक तथा निजी सवारीसाधान चलेका छन् । बजार पसलहरु पनि खुलेका छन् । बन्दका कारण मधेसका जिल्लाहरु भने ठप्प छन् । मधेसका नागरिकको दैनिकी प्रभावित भएको छ ।
सोमबार सप्तरीमा प्रहरीको गोलीबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्दको आहृवान गरेको हो । घटनापछि सप्तरी जिल्ला निरन्तर रुपमा बन्द छ । पाँचौं दिन पनि बन्द जारी रहँदा सप्तरीका नागरिकको जनजीवन प्रभावित भएको छ ।गठबन्धनले मृतकलाई सहिद घोषणा, मृतकका परिवारलाई राहत, घटनाको न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न आन्दोनलका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।
सरकारले सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिने, न्यायिक छानबिन आयोग गठन गर्ने र घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-