इसरोकार संवाददाता ३० फागुन, काठमाडौं ।वल्र्ड क्रिकेट लिग च्यापियनसीप अन्तरगत केन्यासितको दोस्रो म्याचमा नेपालले १५६ रनको लक्ष्य पाएको छ । नेपाली बलरहरुको किफायती प्रदर्शनमा केन्या १५५ रनमा समेटियो ।
नेेपालका तर्फबाट शरद भेषावकरले सर्वाधिक ४ विकेट लिए भने मेहेबुब आलम र बसन्त रेग्मीले दुई-दुई विकेट लिए । यसैगरी सन्दिप लामिछाने र सागर पुनले एक-एक विकेट आफ्नो खातामा पारे ।
प्रतिक्रिया लेख्नुहोस्:-