इसरोकार संवाददाता फागुन ३० काठमाडौं, रोट्र्याक्ट क्लवले काठमाडौं को ग्वार्खोमा कविता उत्सव कार्यक्रम सम्पन्न गरेका छन् l साहित्यको क्षेत्र बाट महिला लाइ शसक्तिकरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लवका सह संयोजक बन्दना राई ले इसरोकार संवाददातालाई वताउनु भएको छ l
कार्यक्रममा चौकठ समुहकी सदस्य तथा वरिस्ठ कवी प्रणीका कोयु प्रमुख अतिथि रहनु भएको थियो l विश्व महिला दिवसको अवसरपारि आयोजित कार्यक्रममा महिलावादी कविताहरु प्रस्तुत गरिएका थिए l महिलाहरुको उल्लेख्य सहभागिता नभए पनि महिला मुखी कविताहरु कविहरुले वाचन गरेका थिए l
नेपालका ख्यातिप्राप्त कविहरुले आफ्नो कविता वाचन गरेका थिए, भने प्रमुख अतिथि कोयुले समाज रुपान्तरणको एउटा ससक्त माध्यम साहित्य हो यसमा महिलाहरुको सहभागिता न्युन रहेको बताउनु भएको छ l राज्यले महिलाहरूलाई संवैधानिक अधिकार बाट बन्चित गराएकोमा आक्रोस पोखे, थप प्रसंग जोड्दै कोयुले आमा को नाम बाट आफ्नो सन्ततिलाई नागरिकता दिलाउन नपाउनु मानवअधिकार विपरित हुन् गएको र यसको ग्यारेन्टी संविधानमै सुनिस्चित हुनु पर्ने वताएका छन् l
प्रतिक्रिया लेख्नुहोस्:-