इसरोकार संवाददाता मोरङ, चैत ४ – मोरङ्गको टंकीसिनवारीमा रहेको म्याजिक चप्पलको कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । तर आगो पुरै भने निभिनसकेको प्रहरीले जनाएको छ ।
विहान ४ बजेतिर लागेको आगो निभाउन विराटनगर, इटहरी, इनरुवा, धरान, राजबिराज, दमकबाट पुगेका दमकल प्रहरी सशस्त्र प्रहरी र सेना खटिएका थिए । बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएपनि कारण खुलिनसकेको र यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-